गण्डकी

प्रतिष्ठानको सहयोगमा बागलुङका पत्रकारको कोरोना बीमा



बाग्लुङ, १६ जेठ ।  कोरोना सङ्कटका बेला अग्रभागमा खटिएर जिम्मेवारी निर्वाह गरिरहेका जिल्लाका पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले ५२ जना पत्रकारको प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको हो । 

            जिल्लास्थित भीमनाथ स्मृति प्रतिष्ठानको सहयोगमा रु एक लाखको बीमा गरिएको शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो । बीमाका लागि चाहिने कागजात र ५२ जनाको सूची बिहीबार इन्स्योरेन्स कम्पनीलाई बुझाइएको उहाँको भनाइ छ । पिसिआर जाँचबाट कोरोना सङ्क्रमण पुष्टि भएमा पत्रकारले तत्कालै रु एक लाख प्राप्त गर्ने बीमा कम्पनीले जनाएको छ ।

        सम्झौता भएको १५ दिनपछि मात्र बीमा लागू हुनेछ । कोरोना महामारीका बेला कार्यक्षेत्रमा खटिएका पत्रकारको जोखिम न्यूनीकरणका लागि बीमामा सहयोग गरिएको प्रतिष्ठानका सदस्य गोपाल पौडेलले बताउनुभयो । प्रतिष्ठानले बीमाको प्रिमियम रकम प्रतिव्यक्ति रु एक हजारका दरले कम्पनीलाई बुझाएको छ । शाखा अध्यक्ष दिल शिरीषले महासङ्घमा आवद्ध सबै पत्रकारको कोरोना बीमा गरिने बताउनुभयो । “पहिलो चरणमा ५२ जनाको बीमा गरिएको छ, बाँकी पत्रकारको अर्को चरणमा हुन्छ”, उहाँले भन्नुभयो । (रासस)

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६