अर्घाखाँची १७ जेठ । भारतवाट आउने क्रम हवात्तै बढेपछि अर्घाखाँची जिल्लाका ६ स्थानिय तहका क्वारेन्टाइनमा ३ हजार ३ सय ५४ जना पुगेक छन् । जिल्लाको सन्धिखर्कका क्वारेन्टाइनमा ३६४ शितगंगा नगरपालिकाका क्वारेन्टाइनमा ६९३ भुमिकास्थानका क्वारेन्टाइनमा ९०१, छत्रदेवका क्वारेन्टाइनमा २३२, मालारानीका क्वारेन्टाइनमा ६३१, पाणिनीका क्वारेन्टाइनमा ३७३ रहेका छन् ।
यस्तै जिल्लाको सन्धिखर्कमा क्वारेन्टाइनको संख्या १५, शितगंगामा ५३, भुमिकास्थानमा ३३, मालारानीमा २१, छत्रदेवमा १६ र पाणिनीमा २३ गरी १५० क्वारेन्टाइन स्थल रहेका छन् । यस्तै जिल्लाभरका १५० स्थलमा २ हजार ९ सय ४६ सैया रहेका छन् । सर्वपक्षिय बैठकले गरेको निर्णय अनुसार सदरमुकाम सन्धिखर्कको हटारीनेटामा ४५ सैयाको आईसोलेशन कक्ष निर्माण गरिएको छ । ४५ सैयाको आईसोलेशन कक्ष २४ घण्टामा निर्माण गरिएको हो । यता सन्धिखर्कको हटारी आईसोलेशनमा पालिका २ जना रहेको डा. कपिल गौतमले प्रेसपटीलाई जानकारी दिनु भयो ।
प्रतिक्रिया