ब्रेकिंग न्युज

ब्रेकिङ अपडेट : कपिलवस्तु नेपाल मै सबैभन्दा बढी संक्रमित हुने जिल्ला



कपिलवस्तु १७ जेठ ।प्रदेश ५को कपिलवस्तु कोरोना संक्रमणको हिसावले नेपाल कै सबैभनदा धेरै संक्रमित हुने जिल्लामा परेकोछ । आज ७७ जना नयाँ संक्रमित थपिएसंगै कपिलवस्तुमा २६५ संक्रमित पुगेका हुन् । यतिमात्र होइन क्वारेण्टाइन रहेका ७४५३ जना मध्ये  पिसिआरका लागि स्वाव संकलन हुन वाकी ५००० वढी रहेका छन् । यस हिसावले नेपालमै सबै भन्दा बढी कोरोना जोखिमको जिल्ला पनि कपिलवस्तु नै बन्ने निश्चित जस्तै देखिएकोछ । 

        जिल्ला  स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुुसार आज एकै पटक यति धेरै संक्रमित थपिएका हुन् । यो संगै जिल्लामा कोरोना संक्रमित संख्या २६५ पुगेको छ ।जस अनुसार महाराजंजमा ३३,यशोधरामा २८ ,कृष्णनगरमा १६ जना सहित थपिएका हुन् ।  शनिबार थपिने संक्रमितमा तीन स्थानीय तहका रहेका छन । जस अनुसार महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन ।कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुष रहेका छन भने यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका २६ जना पुरुष र २५, १९ बर्षीय दुई जना महिला रहेका छन ।

प्रकाशित : १७ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६