सूचना र प्रविधि

पत्रकारको सुरक्षामा पूर्ब अर्थमन्त्रीको बिशेष ध्यान, ६ सय जनालाई सुरक्षा सामाग्री हस्तान्तरण



बुटवल १८ जेठ ।कोरोना जोखिममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पछि अग्रमोर्चामा खट्ने पत्रकारकालागि पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले बिशेष ध्यान पुराउनु भएकोछ। समाचार संकलनमा सकृय पत्रकारकालागि उहाले सुरक्षा सामाग्री उपलब्ध गराउनु भएको हो ।आईतबार प्रेस संगठनको समन्वयमा सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसिलाई हस्तान्तरण गरिएको छ ।

        नेपाल पत्रकार महासंघ रुपन्देही आवद्ध पत्रकारहरुलाई उक्त सामग्री उपलब्ध गराउने छ ।नेकपा रुपन्देहीका सचिव निर्मल जिसी, प्रचार विभाग प्रमुख मोहन चापागाई, नेकपा क्षेत्र न २ का संयोजक तेजेन्द्र केसीले प्राप्त भएका पत्रकार परिचय पत्र सहितको ६ सय थान ज्याकेट र केएन ९५ मास्क महासंघलाई हस्तान्तरण गर्नु भएको हो ।  हस्तान्तरणका अवसरमा नेकपा रुपन्देहीका सचिव जिसीले महामारीको संकटमा परिचय सहित फिल्डमा खटिदा केहि हदसम्म सुरक्षा कायम हुन सक्ने बताउनु भयो । कोरोना महामारीले स्थिती निकै असहज बनेको भन्दै सबैले सजगता अपनाउनुपर्ने उहाको भनाइ थियो । 

           नेकपा महासचिव तथा रुपन्देहीका सांसद पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारहरुका लागि उक्त सामाग्री उपलब्ध गराएको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले जानकारी दिनु भयो ।उहाले पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले महामारीका बेला परिचयपत्र सहित फिल्डमा जादा त्यसले सहजता ल्याउने औल्याउनु भयो । पत्रकार महासंघमा प्राप्त भएको उक्त सामाग्री महासंघका सदस्यहरुलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसिले बताउनु भयो ।  

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६