काठमाडौं १८ जेठ। चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपाल मेडिकल कलेज एनएमसीका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् ।कलेजका मेडिकल डाक्टर, इन्टरनल डाक्टरहरूले आइतबार इमर्जेन्सी, फिवर क्लिनिक र आइसोलेसन बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन थालेका हुन् ।चिकित्सकमाथि भएको हातपातले अस्पतालमा बिरामी जाँच्ने वातावरण नभएको भन्दै उनीहरुले दोषीमाथि कारबाही र अस्पतालमा शान्तिसुरक्षाको व्यवस्था गर्न माग गरेका छन् ।सुरक्षाको प्रत्याभूति नभएसम्म कलेजमा इमर्जेन्सी, फिवर क्लिनिक र आइसोलेसनबाहेकका कुनै पनि सेवा सञ्चालन गर्न नदिने उनीहरूले बताएका छन् । चिकित्सकहरूले कुटपिट भएको समयको सीसीटीभी फुटेज डिलिट गरिनुले घटना झनै शंकास्पद बनाएको आन्दोलनमा उत्रिएका चिकित्सकहरूले बताएका छन् ।४ दिनअघि दमका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका छोराले अस्पतालमा कार्यरत दुई जना चिकित्सकलाई कुटपिट गरेका थिए ।
१८ जेष्ठ २०७७, आइतबार
प्रतिक्रिया