कपिलवस्तु १८ जेठ । बाणगंगा नगरपालिकाका मेयर मंगलथारु उपमेयर चक्रपाणी अर्याल प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी सहितका जनप्रतिनिधी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ आएकोछ। राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाण्डौमा स्वाव परीक्षणकालागि पठाइएको मध्ये अहिले सम्म प्राप्त नतिजा सबै नेगेटिभ आएको स्वस्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनु भयो । सिनं २० देखि ७० सम्मको नतिजा आएको छैन । वाकी रिपोर्ट भोली विहान सम्म आउने वताइएकोछ । अहिले सम्म प्राप्त नतिजामा बुद्ध आवाज संचार गृहका संचारकर्मीको नतिजा पनि नेगेटिभ नै आएको छ ।
बाणगंगावाट पठाइएका १५२ जना मध्ये ६० जनाको नतिजा नेगेटिभ आएको स्वास्थ्य शाखाका भक्तिराम पाण्डेले वताउनु भयो । कपिलवस्तुका केहि पत्रकारको नतिजा पोजेटिभ आएपछि बुद्ध आवाज संचरगृहका १७ जनाको स्वाव परीक्षण्कालागि पठाइएको थियो । भने बाणगंगाका एक वडाध्यक्ष संक्रमित भएपछि नगरका सबै प्रतिनिधी र कर्मचारीको स्वाव संकलन गरिएको थियो ।
प्रतिक्रिया