प्रदेश

दरबार हत्या काण्ड राजा वीरेन्द्रको वंशनाश भएको १९ वर्ष पूरा



काठमाडौं, १९ जेठ । तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड  १९ वर्ष पूरा भएको छ । हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो तर आम जनसमुदायले अहिलेसम्म त्यसलाई पूर्ण रुपमा विश्वास गर्दैनन् । आजभन्दा ठीक १९ वर्ष अघि २०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको दराबर हत्याकाण्डमा हत्या भएको थियो ।

        उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।

            सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतलाई गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि युवराज स्वयंले आत्महत्या गरेको भनिएको प्रतिवेदनमा उल्लेख छ । २०६५ साल जेठ १५ मा गणतन्त्र घोषणा भई २५० वर्ष लामो शाहवंशीय शासनको अन्त्य भएको थियो ।

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६