स्वास्थ्य

तौलिहवा र पिपरामा कोरोना बिशेष अस्पत्ताल,चन्द्रौटामा ट्रमा सेन्टर : बलदेव



कपिलवस्तु २१ जेठ । कपिलवस्तुमा २ ठाउमा कोरोना विशेष अस्पत्ताल र एक स्थानमा ट्रमा सेन्टर बनाउन संघिय सरकारसंग जोडदार माग गर्ने नेकपा कपिलवस्तले निर्णय गरेकोछ । नेकपाका स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री चक्रपाणी खनाल ( बलदेव)को प्रमुख आतिथ्यतामा ओदारी स्थित एक विद्यालयमा बसेको नेकपाको कार्यलय बैठकले यस्तो निर्णय गरेको हो ।

                   जसकालागि जिल्ला सदरमुकाम तौलिहवा र पिपरामा कोरोना विशेष अस्पत्ताल वनाउने , चन्द्रौटामा हालकालागि आइशोलेसन सहित ट्रमा सेन्टर बनाउन संघिय सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरेको छ । यी सबै काममा लागि नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल बलदेव, संघिय सांसद बृजेश कुमार गुप्ता र सांसद विमला घिमिरे र प्रदेश साम्सद बिश्नु पन्थि र अर्जुन के सिलाइ  विशेष  जिम्मा दिने निर्नय गरेको नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले वताउनु भएको छ ।  

        अध्यक्ष पोख्रेलले सदरमुकाम तौलिहवामा ५० बेड क्षमताको कोरोना विशेष अस्पत्ताल बनाएर दक्षिणी क्षेत्रलाई सुरक्षित तुल्याउने काम नेकपाले पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । यसैगरी बाणगंगाको पिपरा स्थित अस्पत्ताल अन्तर्गत अर्काे ५० बेडको कोरोना विशेष अस्पत्ताल बनाउने निर्णय नेकपाले  गरेको हो । यसैगरी शिवराज नगरपालिकाले चन्द्रौटामा बनाउदै गरेको आइशोलेशनमा ट्रमा सेन्टर स्थापनाका लागि जोडदार पहल गर्ने नेकपाले निर्णय गरेको अध्यक्ष पोख्रेलको भनाइछ । 

        यता  पुर्वमन्त्री चक्रपाणी खनालले भन्नु भयो म आफुले समन्वय गरेर मन्त्रालयमा पटक पटक डेलिगेशन गएका हौं । डेलिगेशनमा  पूर्वमन्त्री दिपकुमार उपाध्याय सहित जिल्लाका अन्य संघिय सांसद समेतको सहभागिता रहेको थियो खनालले भन्नु भयो ।  तौलिहवामा कोरोना विशेष अस्पत्ताल र पिपरामा आइसियू सहितको कोरोना उपचार केन्द्र स्थापना गर्ने मन्त्रालय समक्ष सहमति भएको उहाले प्रष्टयाउनु भयो । तर तौलिहवा अस्पत्ताल जिल्ला अस्पत्ताल भएकाले त्यसलाई कोरोना विशेष बनाउन हुदैन भनेर त्यहाका चिकित्सकहरुल स्वास्थ्य मन्त्रालय समक्ष लवि गर्नुका साथै प्रदेश ५ का मुख्यमन्त्री  शंकर पोख्रेल मार्फत जिल्ला अस्पत्ताललाई कोरोना विशेष बनाउन नहुने भनेर आग्रह भएपछि केहिदिन काममा ढिलाई भएको नेता बलदेवले प्रष्टयाउनुभयो ।

            नेता बलदेवले भन्नु भयो तौलिहवामा बन्ने अस्पत्ताललाई बाणगंगा स्थानान्तरण गर्न लागिएको भनेर अफवाह फैलाउने काम भएको सुन्नमा आएको छ त्यो गलत हो । एउटै प्याकेजमा तौलिहवा र पिपराको बिषयमा मन्त्रालयमा सहमति भएकाले यसलाई गलत ब्याख्या नगर्न उहाले आग्रह गर्नु भयो ।  नेकपाले बाणगंगा मात्र हेरे पुग्दैन सिंगो जिल्ला हेर्नुपर्छ भन्दै ३ वटा स्थानमा अस्पत्ताल स्थापना नेकपाको वटमलाइन हुने उहाले दावि गर्नु भयो । बैठकमा नेकपाका इन्चार्ज गिरधारीलाल न्यौपाने, प्रदेश सांसद बिष्णु पन्थी ,जिल्ला अध्यक्ष झविलाल पोख्रेल ,सचिव रामचन्द्र शाह , जिल्ला नेता डम्मर शर्मा लगायतका नेताको उपस्थिती थियो । 

 

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६