प्रदेश

कृष्णनगर नगरपालिकाद्वारा हाइब्रिड धानका बीउ वितरण शुरु



कृष्णनगर, जेठ २१ ।
कृष्णनगर नगरपालिकाले पचास प्रतिशत अनुदानमा हाइब्रिड धानका बीउ वितरण शुरु गरेकाे छ।
लकडाउनका समयमा नगरभित्रका किसानहरुलाई बीउ छर्न ढिलाई भइरहेकाले हाइब्रिड जातिकाे नगरपालिकाले किनेर पचास प्रतिशत अनुदानमा वितरण गरिरहेकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे । भारतबाट अायतित ६४४४, उपज ,३०५ लगायतका सुख्खा ठाउंमा हुने हाइब्रिड धान ,उन्नत बीउ भन्दा बढी उत्पादन भई अायअार्जनमा समेत टेवा पुर्याउने कृषि अधिकृत सुदिप कुमार माैर्य बताउँछन् ।तराईकाे हवापानीमा हाइब्रिड बिउले नै कृषि उत्पादन धाएकाेले नगरपालिकाले कुल लक्ष्य २५ क्वीन्टल वितरण गर्ने रहेपनि पहिलाे चरणमा १८ क्वीन्टल धान बीउ वितरण गरिने भएकाे छ। तराईका किसानले जेष्ठ महिनाभरि बीउ छर्ने कार्य गर्न सक्ने हुनाले अहिले बीउ वितरण गरेकाे ठिक समय हाे । भगवान भराेसे खेती हुन तराईमा कम पानी चाहिने बीउ राेज्नु पर्ने हाम्राे बाध्यता रहेकाे कृषि संयाेजक चन्द्रराम चाैधरीकाे भनाई छ। कृष्णनगर नगरपालिकाले लगभग ३०० हेक्टरकाे ५०० घरधुरीलाई बीउ वितरण गर्ने लक्षय लिएकाे कृषि संयाेजक चाैधरीले जानकारी गराउनु भएकाे छ। काेराेना संक्रमण राेकथामका निम्ति गरिएकाे सिमा बन्द र लकडाउनले सिमाक्षेत्रका किसानलाई बीउ र मलखादकाे समस्या हुँदै अाएकाे छ। पानी पनि समयमा नपर्नु र बीउ खादकाे अभावल यसपालिकाे धानखेती पनि प्रभावित हुने कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चाैधरीकाे भनाई छ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६