ब्रेकिंग न्युज

कृष्णनगर र यशोधरामा २९ नयाँ संक्रमित थपिए,कपिलवस्तुमा ४ सय ३१ संक्रमित



कपिलवस्तु २२ जेठ ।कपिलवस्तुमा आज २९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज ४ :३० वजेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयलका प्रवक्ता  विकास देवकोटाले दिएको जानकारी अनुसार कृष्णनगरमा १७ जना थपिएका हुन् भने यशोधरामा १२ जना । यशोधराको परीक्षण केन्द्रिय प्रयोगशालामा भएको थियो भने कृष्णनगरको धुलिखेल स्थित प्रयोगशालामा भएको थियो ।

      पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो  यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।हालसम्म कपिलवस्तुमा ४ सय ३१  जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।

    कपिलवस्तु बाहेक  बाँकेमा २ सय १३ जना रहेका छन् । रुपन्देहीमा ८९, दाङमा ५८, नवलपरासीमा १५, जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार बर्दियामा १३, पाल्पामा ७, गुल्मीमा ५, तथा अर्घाखाँची, पूर्वी रुकुम र प्यूठानमा ३/ ३ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये बुधबारसम्म ७० जना निको भएर घर फर्किएका छन् भने प्रदेश ५ मा  ४ जनाको मृत्यु भएको छ । 

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६