सूचना र प्रविधि

आफूखुसी बजार खोल्दा कोरोना फैलिए कस्ले जिम्मा लिने ? : मुख्यमन्त्री पोखरेल



बुटवल २३ जेठ  । आज नेपाल लकडाउनको ७४ औँ दिन । आजसम्म नेपालमा कोरोना भाईरसका कारण  ज्यान गुमाउनेको संख्या ११  पुगेको छ । देशका विभिन्न स्थानमा व्यवसायीले आफुखुसी व्यवसाय सञ्चालनमा ल्याएका छन् । विभिन्न जिल्लामा समय तोकेर खाध्यन्न ,औषधि पसल , उधोगधन्दा सञ्चाल गर्ने निर्देशन जिल्ला प्रशासन ,स्थानिय तहले दिएपनी ,नियम विपरित व्यवसाय सञ्चालन भैरहेका छन् । यसै बिषयमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा स्टाटस लेख्दै आफूखुसी बजार खोल्दा कोरोना भाइरस फैलिएर कस्ले जिम्मा लिने भन्दै प्रश्न गर्नुभएको  छ ।


साँढे दुई महिना पछि व्यापारीहरुले आफूखुसी पसलहरु खोलेपछि मुख्यमन्त्री पोखरेलले यस्तो प्रश्न गर्नुभएको हो ।उहाँले क्वारेन्टाइन र लकडाउनकै कारण कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको पनि दाबी गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ?  गंभीर बनौ।’

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६