स्वास्थ्य

पिसिआर प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न तयार



चितवन २५ जेष्ठ । चितवन मेडिकल कलेजलेले सञ्चालनको तयारी अवस्थामा रहेको आफ्नो पिसीआर परीक्षण प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ ।कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कोरोना भाइरसको जोखिम हुन नदिन परीक्षणका लागि जनशक्ति सहित प्रयोगशाला तयारी अवस्थामा रहेको हुँदा सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जानकारी दिनुभयो । उहाँले यसम्बन्धीपत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाएको बताउनुभयो । उहाँका अनुसार कलेजमा प्रयोगशाला सञ्चालनका लागि सात अनुभवी जनशक्ति रहेका छन् । ती जनशक्तिले भरतपुर कोभिड–१९ प्रयोगशालामा समेत शुरुआतीचरणमा काम गरेका थिए । अहिलेपनि कलेजकै दुई  जनशक्ति प्रयोगशालामा कार्यरत रहेका छन् । 

            कलेजले अनुमति पाएमा परीक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला सञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाव रहेको उहाँले बताउनुभयो । यस प्रयोगशालामा दैनिक २०० भन्दा बढी नमूनाको परीक्षण गर्न सकिने उहाँको भनाइ छ । त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमूनाको समयमा परीक्षण गर्न सकिने देखिएको छ । भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापनामा उहाँ सक्रिय भूमिका रहेको थियो । उहाँले तत्कालीन समयमा पनि मेडिकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिन तयार रहेका जनाउनुभएको थियो ।

          हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमूना परीक्षण भइरहेको छ । यस मेडिकल कलेजले निजी क्षेत्रबाट कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कोभिड क्लिनिकमा दैनिक पाँच÷छ बिरामी हेर्दै आएको जनाएको छ । यहाँ सञ्चालनमा आएको भरतपुर कोरोना विशेष ९अस्थायी० अस्पतालमा २० श्ययालगायतका उपकरण र जनशक्ति चितवन मेडिकल कलेजले सहयोग गरेको छ । 

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६