गण्डकी

प्रजिअ र कर्मचारी कोरोना सङ्क्रमणको जोखिममा



चितवन, २७ जेठ ।  जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमतिपत्र लिएर काठमाडौँ गएका चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीहरु सङ्क्रमणको जोखिममा परेका छन् । यससँगै प्रशासनमा आज हुने भनिएको एक बैठक स्थगन गरिएको छ भने अत्यावश्यक बाहेकका काम रोकिएको छ । 

        जिप्रकाका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार ती चिकित्सकले यही जेठ २३ गते प्रशासनमा आफँै पुगेर अनुमतिपत्र लिएका थिए । सो क्रममा प्रत्यक्ष रुपमा सहायक प्रजिअ, टाइपिस्ट, स्थानीय प्रशासनका कर्मचारी र हस्ताक्षर गर्ने अधिकृतसँग उनको भेट भएको थियो । यससँगै ती कर्मचारीसँग प्रशासनका प्रजिअसहितका सबै कर्मचारीसँग प्रत्यक्ष काम हुने भएकाले सबै जोखिममा देखिएको सिम्खडाले बताउनुभयो । यससँगै आज बिहान ११ वजे राखिएको कोरोना प्रतिकार्य केन्द्रित विपद्को बैठक स्थगन गरिएको छ । 

        यस्तै मृत्यु संस्कारण र विदेश जानेका लागि अनुमतिपत्र  दिनेबाहेकको सेवाग्राहीको काम आज रोकिएको उहाँले जानकारी दिनुभयो । सहायक प्रजिअ नेत्र शर्माका अनुसार ती चिकित्सकलाई जेठ २० र २१ गते फर्काइएकामा २३ गते भने अनुमतिपत्र दिइएको थियो । सोही दिन उनले भरतपुर अस्पतालमा स्वाब तानेर काठमाडौँ गएका थिए । सोमबार स्वाबका नतिजा पोजेटिभ आएको थियो । (रासस)

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६