कपिलवस्तु २ असार । कपिलवस्तुमा कोराना संक्रमित मध्ये ६० प्रतिशत पूर्ण निको भएका छन् । हाल सम्म संक्रमित ६४७ मध्ये ३८३ जनाले कोरोनलाई जितेर निको भएका हुन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले आज सार्वजनिक गरेको विवरण अनुसार अव आइशोलेशन वेडमा २६४ जनामात्र रहेका छन् । हाल सम्म ७ सय ९४ आइशोलेशन वेड तयार भएकोमा त्यहा बसेका ६० प्रतिशत संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा बुटवल ,भैरहवा ,दाङ लगायतका जिल्लाका आइशोलेशन अस्पत्तालमा रहेकाको संख्या समेत रहेको छ ।आइशोलेशनमा बसेर नतिजा नेगेटिभ आएर वा मन्त्रालयको स्वास्थ्य निर्देशिका अनुसार समय अवधी पुरा गरेर अहिले सम्म ३८३ जना डिस्चार्ज भएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले पे्रसपाटीलाई जानकारी दिनु भयो । आइशोलेशनमा रहेका मध्ये शिद्धार्थ क्याम्पस बाणगंगामा १६ जना, आयुर्बेद अस्पत्ताल विजयनगरमा १६ जना ,मायाज इन्टरनेशनल होटल गोरुसिंगेको आइशोलेशनमा १२ जना , जहदी स्वास्थ्य चौकीमा ४ जना,एइसागल्स होस्टल वहादुरगंजको अइशोलेशनमा ३४ जना,महाराजगंजको आइशोलेशनमा ७० जना रहेका छन् ।
यस्तै मायादेवि स्थित आइशोलेशनमा ३६ जना ,फुलिका स्वास्थ्य चौकीमा ५ जना रहेका छन् । त्यसैगरी सुपादेउराली होटल चन्द्रौटाको आइशोलेशनमा १३ जना,नवदुर्गा मावि गौराको आईशोलेशनमा ३२ जना, बैदौली स्थित आइशोलेशनमा १५ जना ,कोभिड हस्पीटल बुटवलमा ३ जना, अल्फाआइशोलेशन बुटवलमा २ जना, चितवन मेडिकल कलेजमा १ जना, भीम हस्पीटल भैरहवा र दाङमा १/१ जना रहेका छन् । १ जना होम आइशोलेशनमा रहेका छन् ।
अहिले सम्म १ जना पनि भर्ना नभएर खाली रहेका आइशोलेशनमा महिला विकास कार्यलय तौलिहवाको ५० वेडको आइशोलेशन , कोपवा स्वास्थ्य चौकीको १० वेड, राघबेन्द्र निमावि भडेहरको ४० वेड रहेका छन् । ती आइशोलेशनमा रहेका ११० बेडमा अहिले सम्म कोहीपनि भर्ना हुन गएको छैन । यसवाट स्पष्ट हुन्छ ३ वटा आइशोलेशनले संक्रमितको मुख देख्न पाएका छ्रैनन् ।
प्रतिक्रिया