स्वास्थ्य

कञ्चनका पहिलो कोरोना संक्रमितले कोरोना जितेर घर फर्किए



कञ्चन २ असार । रुपन्देहीको कञ्चन गाउपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भई उपचारत ५४ बर्षिय पुरुषले कोरोनालाई जितेर घर फर्किएका छन् । कञ्चन २, तरायगडका बर्ष ५४ का राधेश्याम तेली गुप्ताले कोरोना संक्रमण मुक्त भएर आज घर आएका छन ।

                 गुप्ता गत बैसाख २९ गते नेपाल भारत सिमानाकाबाट छिरेर साइकलमा घर आउदै गर्दा उनलाई नोवल कोरोना भाइस रोकथाम तथा न्युनिकरण स्वयम सेवक परिचालन समन्वय समितिले कञ्चन ५ मा रहेको लुमिबनी ज्ञान निकेटन मा।बि।मा राखिएको थियो । गत जेठ १३ गते आर डि टी ७ जनाको परिक्षण गरिएकोमा गुप्ताको आर डि टी पोजेटिभ रिपोर्ट आएको थियो भने जेठ १५ गते स्वाव संकलन गरी पिसिआर परिक्षणका लागि भैरहवा पठाइएको थियो ।

              गुप्ताको जेठ १९ गते पहिलो पटक कञ्चनमा कोरोना संक्रमण पुष्टि भएसंगै उनलाई बुटवल उपमहानगरपालिकाद्वारा एनफा एकेडेमीमा निर्माण गरिएको आइसोलेसन अस्पतालमा रिफर गरिएको थियो । १५ दिन सम्म नियमित रुपमा चिकित्सकको निगरानीमा उपचार गरेपछि कोरोने संक्रमण मुक्त भई घर आएका हुन ।अव कञ्चनमा कोरोना संक्रमितको भई उपचारत ६ जना रहेका छन ।पछिल्लो तथ्यांक अनुसार छिमेकी देश भारत लगायत अन्य तेश्रो मुलुकबाट नेपाल आई कञ्चनको बिभिन्न क्वारेन्टाइनहरुमा १३८ जना रहेका छन। 

प्रकाशित : ३ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६