गण्डकी

गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, संख्या ९६६ पुग्यो



कास्की, १६ असार । गण्डकी प्रदेशमा आज  थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ  । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा भएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो । 

        संक्रमितहरुमा स्याङजाका १, तनहुँका ५, तमजुङका ३ र कास्कीका ८ जना रहेको विज्ञप्तिमा उल्लेख छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको  छ । स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा कोरोनाबाट निको हुनेको संख्या २१४ पुगेको छ ।


प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६