सूचना र प्रविधि

श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु



काठमाडौं १८ असार । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति रि इन्ट्री दिन थालेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो ।अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काम काम जान दिन अनुमति दिन थालएकिो हो । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।

                  कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो ।अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् । काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहरिका प्रदशे कार्यालयबाट आइतबारदेखि सेवा दिन थालिनेछ ।काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा सेवाग्रही लाइन बस्दा समाजिक दूरी कायम हुने गरी चिन्हरु कोरिसकिएको छ । अवस्था हेरेर श्रम मन्त्रालयले नयाा जाने कामदारको हकमा पनि निर्णय गर्न सक्नेछ 

प्रकाशित : १८ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६