ओखलढुंगा, १९ असार । गत शनिबार भारतबाट नेपाल प्रवेश गरेको सत्रु जीव सलह किराले विभिन्न जिल्लामा अन्नबाली तथा तरकारीमा ठूलो क्षति पुर्याएको छ ।विभिन्न जिल्लामा देखिएको सलह किरा ओखलढुंगामा पनि ठूलो बगाल देखिएको स्थानीयले जनाएका छन् ।जिल्लाको चम्पादेवी गाउँपालिका र खिजिदेम्बा गाउँपालिकाका विभिन्न वडाहरुमा सलह कीरा ठूलो झुण्डमा देखिएको हो ।
कृषकहरुले लगाएको धान तथा मकै बालीमा करिब १ सय देखि ७ सय सम्मको झुण्डमा सलक देखिन थालेको कृषी ज्ञान केन्द्र ओलखढुंगाले जनाएको छ । कृषी ज्ञान केन्द्र ओखलढुंगाका बाली संरक्षण अधिकृत हेम आले मगरका अनुसार गत असार १७ गतेदेखि जिल्लामा प्रवेश गरेको सलह कीराको विवरण संकलन गर्न थलिएको छ ।
प्रतिक्रिया