सूचना र प्रविधि

हुलाकीमा पहिरो, ७६ करोडको निर्माणाधिन सडकमा ठूलो क्षेती



देउखुरी २७ असार लगातार पानी परेपछि दाङको लमही–कोइलावास हुलाकी सडककोे कालोपत्रे सडकमा ठूलो क्षति पुगेको छ । पहाडी क्षेत्रको चार किलोमिटर सडकमा पहिरो खसेपछी सडक र नाली विग्रिएको छ । उक्त सडकको कालोपत्रे काम यही असार मसान्तसम्म काम सक्नुपर्ने थियो । साढे ३३ किलोमिटर सडक मध्य साढे ३१ किलोमिटर क्षेत्रमा कालोपत्रे गरिसकिएको थियो ।  

        पहिरो झरेर सडक र नाली पुरिएको छ । ठाउँ ठाउँमा सडक चर्किएको छ । लमही कोइलावास हुलाकी सडक निर्माण सम्पन्न नहुदै लगातार परेको पानीले ठूलो क्षति पु¥याएको हो ।  सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको थियो । गढवा गाउँपालिकाका वडा नम्बर ८ का अध्यक्ष सद्दाम सिद्धिकिले पहाडी क्षेत्रमा निर्माणाधीन सडकमा पहिरो झरेर ठूलो क्षति पु¥याएको जानकारी दिनुभयो । “पहिरो झरेर नाली पुरिएको छ, पहिरोले ढाकेको सडक र नालि सफा गर्न ठेकेदारलाई भनेका छौं ।” ७६ करोडको लागतमा सडक कालोपत्रेको काम थालिएको थियो । 


        सडक निर्माणको अन्तिमचरणमा यस वर्षको पानीले असर पुर्याएको छ । सडक निर्माण कम्पनी कालिका कुमार जेभीका साइड इञ्चार्ज राजेन्द्र श्रेष्ठले पहाडी क्षेत्रमा सडक कालोपत्रे र नाली बनाउदा पानीको झरी र पहिरोले पर्याउने क्षतिलाइ आंकलन गर्न नसक्दा ठूलो क्षति पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत बर्ष पानीले भत्काएको सडक पुनर्निर्माण अझै गरिएकोमा छैन । यस बर्षको पानीले अधिकांस ठाउँमा पहिरो झरेको छ ।”

        पहिरो परेको सडकमा पहिरो पन्छ्याउने काम थालिएको छ । पहिरोका कारण हालसम्म डेढ करोड भन्दा बढीको क्षति पु¥याएको निर्माण कम्पनीले जनाएको छ । भारत सरकारको लगानीमा नेपाल सरकारले लमही कोइलावास हुलाकी सडक निर्माण भैरहेको हो । सडक निर्माण गर्दा पहाड काटिए र काटिएको पहाडमा कुनै पक्की बाल निर्माण गरिएको छैन  । जसले गर्दा पक्की नाली र सडकमा पहिरो खसेको छ । 


प्रकाशित : २७ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६