गण्डकी

मिर्गौला प्रत्यारोपण काण्डः मेडिकल काउन्सिल सदस्यसहित चार चिकित्सक पक्राउ



काठमाडौं, २८ असार । मृगौला प्रत्यारोपण कार्यमा अवैध ढंगले  संलग्न भएको आरोपमा नेपाल मेडिकल काउन्सिलका एक जना सदस्यसहित चार जना चिकित्सकलाई पहरीले पक्राउ गरेको छ । चितवनको भरतपुरस्थित पूरानो चितवन मेडिकल कलेजका चार चिकित्सकलाई पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो ।

        पक्राउ पर्ने चिकित्सकहरूमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी छन् ।  श्रेष्ठ कलेजका सिइओ तथा नेपाल मेडिकल काउन्सिलको सदस्य हुन् । श्रेष्ठ पक्राउ परेको बारे काउन्सिलले पनि  औपचारिक जानकारी आएपछि आवश्यक निर्णय गर्ने बताइएको छ ।मिर्गौला प्रत्यारोपणमा संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी र एक जना अधिवक्ता पनि पक्राउ परेका छन् । मिर्गौला प्रत्यारोपणको काण्ड एक वर्षअघिको घटना हो ।

प्रकाशित : २८ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६