सूचना र प्रविधि

सडक अवरुद्ध एम्बुलेन्ससहित दर्जनौँ सवारी र यात्रु अलपत्र



गुल्मी २८ असार । वर्षाका कारण पहिरो गएपछि  रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनौँ सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् ।  सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास – इन्द्रेगाँैंडा र तम्घास – मुसिकोट सडक पनि अवरुद्ध भएका छन् ।  मुसिकोट नगरपालिका –३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि  शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको हो । 

प्रकाशित : २८ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६