कपिलवस्तु २८ असार ।अरुका दिन फेरिएको देख्छौ हामी त जहींको तहीं यो आवाज हो एकल महिलाको । सति प्रथा अन्त्य भए पनि एकल महिलाहरुको अवस्था अझै पनि दयनिय रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन । सति प्रथाको अन्त्य भएको सयौं वर्ष वितिसक्दा पनि एकल महिलाहरु असुरक्षित र बेरोजगारीहुनु परेको एकल महिलाहरुले आफ्ने भोगाई बताएका थिए। कार्यक्रममा बोल्ने अधिकांस एकल महिलाहरुले सरकारले एकल महिलाहरुको समस्या र आवश्यकता पहिचान गरि आयआर्जनका कार्यक्रमहरु ल्याउनु पर्ने धारणा राखेका थिए।
मानव अधिकारका लागि एकल महिला समुह कपिलवस्तुको आयोजनामा सति प्रथा अन्त्य भएको एक सयौं वर्ष पुगेको अवसरमा जितपुर ४ नं मा एक कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा नं ४ का अध्यक्ष गणेश क्षेत्रीले एकल महिलाहरुका लागि जिविकोपार्जनका विभिन्न कार्यक्रमहरु ल्याइने बताउनु भयो । वडाले विभिन्न अवसरहरु प्रदान गरेको बताउदै सिपलाई व्यवसायिक रुपमा लैजान उहाँले सबैमहिलाहरुलाई आग्रह गर्नु भयो ।
एकल महिला समुहका अध्यक्ष रुपा राईको अध्यक्षता राधा बेल्बासेको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहि , वडा सदस्य इन्दिरा पन्त , नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डे ,अधिकारकर्मी चेतना अधिकारी , इन्दिरा भट्राई ,दिना सुबेदी कमाल, इन्सेक प्रतिनिधि पार्वती आचार्य , गुणा लक्ष्मी ज्ञवाली , राधिका पौडेल लगायतले सति प्रथा अन्त्य भएको ऐतिहासिक दिनको स्मरण गर्दै महिलाहरु सम्मानजनक तवरले बाच्न पाउनु पर्ने र एकल महिलाहरुको हक अधिकारी सुनिश्चित हुनु पर्ने धारणा राख्नु भएको थियो
प्रतिक्रिया