सूचना र प्रविधि

प्रतिस्पर्धा र प्रचार विहिन प्रगती : अध्यक्ष भूषाल



कपिलवस्तु ३० असार ।बाणगंगा नगरपालिका वडा नं ५ ले आर्थिक बर्ष २०७६÷७७ का योजना तथा कार्यक्रमहरु प्रभाबकारी ढंगले सम्पन्न गरेको जनाएको छ । कोरोना सक्रंमणका कारण धेरै भिडभाड नगरि वडा कार्यालयले प्रतिनिधिमुलक सहभागिता संगै मिडिया मार्फत सार्वजानिक सुनुवाई कार्यक्रम गरि योजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्न सफल भएको वडा अध्यक्ष भिष्मराज भूषालले बताउनुभयो ।  उहाले प्रतिस्पर्धा र सस्तो प्रचार नगर्ने तर प्रगती निरन्तर हासिल गर्ने वडाका रुपमा विकास गरेको दावि गर्नु भयो । 

        आर्थिकबर्ष ०७६/०७७ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । संस्थागत क्षमता बिकास तथा शुसासन प्रबद्र्धन कार्यक्रममा सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए । वडा कार्यालयले वर्षभरी गरिएका योजना तथा कार्यक्रमहरुको पारदर्शीता सुनिश्चीत गर्नका लागी वडा सार्वजनिक सुनुवाई गरेको वडा सचिव दिपक पाण्डेले बताउनुभयो ।

             बिभिन्न राजतिक दल ,टोल बिकास संस्था र पत्रकारहरुबाट आएको सुझाबहरुलाई सम्बोधन गर्दै अध्यक्ष भूषालले वडा नं ५ लाई समृद्ध वडाका रुपमा बिकास गर्दै जाने र वडामा रहेका कमीकमजोरीलाई क्रमश समाधान गर्दै गईरहेको बताउनुभयो । उहाले धेरै काम भन्दा पनि गुणस्तरीय र पारदर्शी काम गर्नुपर्नेमा जोड दिदै छिमिकी वडा संग प्रतिस्पर्धा गर्ने खालका कामहरु वडा नं ५ मा भएको बताउनुभयो । उहाले एक पत्रकारले राखेको प्रश्नको जवाफ दिदै भन्नुभयो “ पहिले जनताको सेवा गरौ अनि प्रचार गरौंला । 

        ”कार्यक्रममा अध्यक्ष भूषालले आगमी आर्थिक बर्षका महत्वपूर्ण योजनाहरुको बिषयमा जानकारी गराउदै सामाजिक शसक्तिकरणका माध्यमबाट वडाको बिकास भईरहेको बताउनुभयो । वडाका हरेक कार्यक्रम र तालिमहरु उत्पादनमूखि क्षेत्रमा रहेको बताउदै यस बर्ष वडाका कृषि, शिक्षा र स्वास्थमा उपलब्धीमुलक नजिता आएको दाबी गर्नुभयो । महिला ,बालबालिका ,युवा ,ज्येष्ठ नागरिकहरुलाई आवश्यक पर्ने कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको र आगमी बर्षमा पनि दिदै जाने स्पष्ट पार्नूभयो । 

        कार्यक्रममा नेकपा वडा कमिटिका अध्यक्ष बाबुराम अर्याल ,कांग्रेस वडा सभापति शालिकराम पौडेल ,राष्ट्रिय जनमोर्चाका वडा कमिटि अध्यक्ष चेतनारायण पाण्डे , ईलाका प्रहरी कार्यालय कोपवाका प्रमुख शिब बहादुर रायमाझि ,वडा सदस्य ,पत्रकार लगाएतको आतिथ्यता रहेको थियो । वडा सदस्य कृष्ण चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव दिपक पाण्डेले गर्नुभएको थियो । 

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६