सूचना र प्रविधि

बग्नै लाग्यो दलितबस्ती : पीडा कसले र कहिले सुन्छ ?



कपिलवस्तु ५ साउन  जब बर्खयाम शुरु भई खोलामा बाढी आउन थाल्छ तब हरिकला परियारको मनमा डरत्रास पैदा हुन्छ । कतै बाढी र डुवान कारण अकालमै ज्यान जाने त होईन भन्ने कुरा मनमा खेल्न थाल्छ । कपिलवस्तु नगरपालिका ९ कुश्मा रहेका दलित बस्ती जहा ४ घर बाढीको उच्च जोखिममा छन । खोला किनारमै घर हुदा हरिकला जस्तै ४ घरकालाई बर्खयामको समयमा रातिमा निन्द्रा लाग्दैन । 

            गत बर्षको समयमा सुतिरहेको अवस्थामा बाढिले घर डुबायो ,अन्नपात बगायो ,गाईबस्तु मरे यो बर्ष झन दिनहु पानी परिरहेको छ , बाढि आईरहेको छ डर लाग्छ हजुर के गर्ने भन्नुहुन्छ हरिकला परियारका श्रीमान टिका बहादुर परियारले । एकतर्फ बाढिको पिर छदै छ अर्कोतर्फ गरिबीका कारण घरमा पैसा छैन खान बस्न समस्या छ । साथमा पैसा भएको भए बाढिको किनारदेखी टाढा जान्थ्यौं भन्दै गहभरि आसु लिदै आफ्ना समस्या सुनाउनुभयो ।

        खोला आएको बाढि देख्ने बित्तिकै घरमा रहेका साना बालबालिकालाई जोगाउन समस्या हुन्छ उहाले भन्नुभयो  । हरेका बर्ष बाढिले सताईरदा स्थानिय सरकारको भने ध्यान पुग्न सकेको छैन । सधैब खोलामा ढुंगा गिट्टी बिषयमा छलफल हुन्छ ,लडाई हु्न्छ तर हाम्रा समस्याका बिषयमा कसैले ध्यान नदिएको उहाको भनाई छ । खोलामा जथाभाबी निकासी गर्दा झन बाढिको जोखिम पर्दै गएका छौ वडा अध्यक्षले पहल गरे नि नगरका ठूलाबडाले ध्यान नदिएको उहाले बताउनुभयो । गत बर्ष कुश्मा गाउमा बाढि पस्दा बिद्यालयमा क्षति भयो , अन्नपात बगायो ,गाईबस्तु बगायो यस्ता खालका क्षति धेरै भयो तर पनि खोलको तटबन्धन तारबारमा नगरको ध्यान गएन उहाले भन्नुभयो ।

        यता टिका बहादुर परियाका छिमेकी ओमबहादुर सुनारले पनि स्थानिय सरकार आएको महसुस नभएको बताउनुभयो । निर्वाचन भएको ३ बर्ष बितिसक्दा पनि बिजुलीका पोल आउन सकेका छनै । विगतका दिनमा टुकीको भरमा दिनरात बिताउन बाध्य भयौ अहिले  मजदुरी गरि सोलार राखेका छौ उहाले भन्नुभयो । दलितका लागि बजेट आउन्छ कार्यक्रम आउन्छ तर खै अहिलेसम्म हाम्रा लागि केही नआएको बताउनुभयो । बाटोको अवस्था हेर्ने हो भन्ने सधै हिलाम्मे हुन्छ के बिकास भयो भनेर भन्दै हिड्ने । 

        टक पटक आफना समस्या राख्दा पनि केही सुनुवाई नभएको बताउनुभयो । यता सोही बिषयमा वडा अध्यक्ष शिब बहादुर वाग्ले संग कुराकानी गर्दा तत्कालै वडा सदस्यलाई समस्या बुझन पठाउने र आवश्यक सहयोग गर्ने बताउनुभयो । बिजुलीका पोलका लागि पहल भईरहेको छ । छिट्टै मिटर बक्स ल्याई बिजुली बत्ति बालिदिने आश्वसन दिनुभयो । 

प्रकाशित : ५ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६