स्वास्थ्य

‘कोभिड–१९’को उपचारमा संलग्न ५४ प्रतिशत स्वास्थ्यकर्मी मानसिक तनावमा



काठमाडौँ ५ साउन । कोभिड–१९ विरुद्धको युद्धका अग्रपंक्तिका लडाकु मानिन्छन् ।तर यो युद्धमा अनवरत खटिएका उनीहरुमा परेको चोट, उनीहरुले झेलेका पीडाको लेखाजोखा निकै कममात्र हुने गरेको छ । कोभिड–१९ परीक्षण गर्ने र संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा एन्जाइटी, अनिद्रा र डिप्रेशनको समस्या पाइएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले गरेको अध्ययनबाट यो तथ्य प्रकाशमा आएको हो ।

             उक्त अध्ययन अनुसार कोभिड–१९ को पहिचान र उपचारमा संलग्न ५४ प्रतिशत चिकित्सक तथा स्वास्थ्यकर्मीमा असामान्य चिन्तासँग सम्बन्धित समस्या पाइएको छ । कोभिड–१९ को फ्रन्टलाइनमा काम गर्ने २४ प्रतिशत नर्स, १७ प्रतिशत स्वास्थ्यकर्मी र १३ प्रतिशत चिकित्सकमा असामान्य चिन्तासँग सम्बन्धित समस्या देखिएको सो अध्ययनको निष्कर्ष छ ।

            १४ अस्पतालका ४ सय ७५ जना स्वास्थ्यकर्मीमा गरेको अध्ययन तथा सर्वेक्षणले फ्रन्टलाइनमा खटिने ५४ प्रतिशत स्वास्थ्यकर्मीमा यस्ता समस्या देखिएको हो ।महामारीको समयमा सर्वसाधारण आर्थिक, सामाजिक र मानसिक समस्यामा गुज्रिरहेका तथ्य विभिन्न माध्यममार्फत प्रकाशमा आए पनि कोभिड–१९ को युद्धमा प्रत्यक्षरुपमा लड्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले भोगेका समस्या ओझेलमा पर्दै आएको थियो । सो अध्ययनबाट भने स्वास्थ्यकर्मीले झेल्नुपरेका समस्या पनि केही हदसम्म प्रकाशमा आएको चिकित्सकहरु बताउँछन् ।

              करिब ३ महिनासम्म लकडाउनका कारण घरभित्र सीमित हुँदा धेरै नेपालीले आर्थिक, सामाजिक र मानसिक समस्या झेल्नु पयो । अर्कोतिर, लकडाउनका बाबजुद संक्रमितको संख्या बढ्न छाडेन ।आइतबार कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ । निको हुनेको संख्या पनि ११ हजार ६ सय ९५ पुगेको छ ।

           कोभिड–१९ को पहिचान, उपचार र नियन्त्रणका लागि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीमा असामान्य चिन्तासँग सम्बन्धित समस्या देखिएको एक अध्ययनले उजागर गरेको छ । विभिन्न अस्पताल, नाका, विमानस्थल, होल्डिङ सेन्टरमा कोरोना संक्रमित पहिचान गर्ने, बिरामीको स्क्रिनिङ गर्ने, उपचार गर्ने, नियन्त्रणका साथै जनचेनता फैलाउने स्वास्थ्यकर्मीहरु विभिन्न समस्याको शिकार हुने गरेको तथ्य प्रकाशमा आएको हो ।

स्रोत रातोपाटी

प्रकाशित : ५ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६