स्वास्थ्य

वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना सङ्क्रमण



बारा ५ असार । बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका तीन, सुवर्ण गाउँपालिकाका तीन र अरु ६ जना गरी ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसैबीच प्रदेश १ का ७ सय ९३ जनामा सङ्क्रमितमध्ये ७ सय २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा अहिलेसम्म ८८ दशमलव ५४ प्रतिशत निको भएका हुन् । सङ्क्रमण देखिएका ८८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६