कपिलवस्तु ७ साउन । कपिलवस्तुका किसान आवश्यकता अनुसार मलखाद नपाएको र समान हिसाबले मल वितरण नगरको भन्दै आन्दोलित भएका छन । जिल्लाको शिवराज नगरपालिकाका किसानहरुले सरकारले कृषि ज्ञानकेन्द्रबाट सहकारीहरुलाई वितरण गर्ने खादमा विभेद भएको भन्दै वडा गत रुपमा समान खाद वितरण गर्नु पर्ने भन्दै चन्द्रौटामा बुधबार विरोध र्याली निकालेका हुन ।
सहकारी संस्था धेरै भएका वडाले धेरै मलखाद पाएको र कम सहकारी भएका वडाले कम मात्रामा मलखाद पाउदाँ किसानलाई अहिले आवश्यकता पर्ने बराबरको खाद नपाएकोले किसानहरु आन्दोलित हुनुपरेको कपिलवस्तु किसान सघका अध्यक्ष अनुप कुमार चौधरीले बताए । “खेतमा धान लगाएको महिना भइ सक्यो अहिले खाद हाल्नु पर्ने समय तर आवश्यकता अनुसार किसानले खाद पाएका छैनन,जसले गर्दा उत्पादनमा कमि आउँछ ” चौधरीले भने ।
हामीले यस अघि इलाका प्रशासन कार्यालय मार्फत कृषि मन्त्रालयमा पनि सहकारी अनुसार मल वितरण गर्दा धेरै वडाहरु मलखाद पाउन बाट बन्चित रहेकोले वडा गत रुपमा समानरुपले मलखाद वितरणको माग गर्दै ज्ञापन पत्र बुझाएका थियौं तर हाम्रो मागलाई कहि कतै सुनुवाई भएन त्यसैले सडक आन्दोलनमा आउन बाध्य भएको अध्यक्ष चौधरीले बताए ।
किसानहरुको मागलाई राज्यले समयमा नै सम्बोधन नगर्दा किसानलाई बाध्य भएर आन्दोलनमा आउनु परेको किसानको आन्दोलनमा नेपाली काग्रेसको पूर्ण साथ र सर्मथन रहेको नेपाली काग्रेसका युवा नेता अजय थापाले बताए । पेट्रोल पम्पहरुले गरेको बदमासीको पनि तत्काल अनुगमन हुनु पर्ने र किसानलाई आवश्यकता अनुसार खाद उपलब्ध गराउनु पर्ने काग्रेस नेता प्रेम बहादुर रायमाझीले बताए ।
किसानका मागलाई सम्बोधन गरि आवश्यकता अनुसारको खाद समयमा नै उपलब्ध नगराए किसानहरुले अझ कडा आन्दोलन गर्ने र्याली पछिको कोण सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टिका नेता रविदत्त मिश्रले बताए । किसानलाई सरकारले सधै उपेक्षा गरेको र किसानका मागलाई वेवास्ता गरेकोले किसानहरु आन्दोलित हुनुपरेको जनता समाजवादी पार्टिका युवा नेता रहिस शाहले बताए
प्रतिक्रिया