सूचना र प्रविधि

ओबामालगायत सेलिब्रेटीको ट्विटर ह्याक गर्ने १७ बर्षीय किशोर पक्राउ ,३० वटा जघन्य अपराधका अभियोग



काठमाडौँ १८ साउन । जुलाई १५ मा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडन, टेस्ला कम्पनीका मालिक एलन मस्कलगायत दर्जन बढी अमेरिकी सेलिब्रेटी व्यक्तिका ट्विटर अकाउन्ट ह्याक भए।उनीहरू सबैका अकाउन्टमा ह्याक गरेपछि ‘तपाईंहरू बिटक्वाइन पठाउनुस् र बदलामा डबल पाउनुस्’ भनेर ट्विट गरिएको थियो।देश शीर्ष राजनीतिज्ञ, धनाढ्य र कला क्षेत्रका एकसे एक सेलिब्रेटीका ट्विटर ह्याक भएपछि यो घटनाले तरंग ल्याएको थियो। कसले ह्याक गर्दैछ भन्ने कुरा कसैले पत्ता लगाउन सकिरहेका थिएनन्। ट्विटरका सञ्चालकहरू हैरान थिए। ह्याकर पत्ता लगाउन नसकेपछि ट्वीटर ती सेलिब्रेटीका अकाउन्टबाट नयाँ ट्विट गर्न नमिल्ने बनाएको थियो। कतिपयले उक्त ह्याकिङमा रूस, इरान र उत्तर कोरियाका व्यवसायिक ह्याकर संलग्न भएको हुन सक्ने आशंका गरेका थिए।

               अनुसन्धानको क्रममा अधिकारीहरूले कुनै राज्यद्वारा प्रवर्द्धित नभई अमेरिका र बेलायतका भर्खरका युवाहरूले उक्त ह्याक गरेको फेला पारेका छन्।ह्याक गर्नेमध्ये एक फ्लोरिडाका १७ वर्षीय युवक थिए। भर्खरै माध्यमिक विद्यालयको पढाइ सकेका ग्राह्म इभान क्लार्कलाई फ्लोरिडाका अधिकारीहरूले शुक्रबार टाम्पा अपार्टमेन्टबाट पक्राउ गरेका छन्। उक्त अपार्टमेन्ट क्लार्क आफैंले  भाडामा लिएका थिए।  उनीसँगै ओर्लान्डोका २२ वर्षीय निमा फजेली  र बेलायतका १९ वर्षीय मेसन जोन शेपार्ड पनि उक्त ह्याकिङमा संलग्न भएको अधिकारीहरूले बताएका छन्। क्लार्कविरूद्ध ह्याकसम्बन्धी ३० वटा जघन्य अपराधका अभियोग लगाइएको छ। जसमा ठगीको समेत मुद्दा छ।

          किशोर भए पनि जघन्य अपराधमा संलग्न भएकाले उनीविरूद्ध वयस्कलाई जसरी नै मुद्दा चलाइने छ।क्लार्क ट्विटरको नेटवर्क भित्र थाहा नहुने गरी जान सक्ने सिपालू व्यक्ति भएको फ्लोरिडाका स्टेट अटर्नीका वकिल एन्ड्रिउ वारेनले बताए।उनीहरूले चलाखी पूर्ण तरिकाले ह्याक गरेपनि आफ्नो पहिचानबारे भने लुकाउन सकेनन्। जसकारण उनीहरूलाई पक्राउ गर्न अधिकारीहरू सफल भए।संघीय अधिकारीहरूले यसअघि नै क्लार्कका अनलाइन गतिविधिहरूलाई निगरानी गरिरहेका थिए।गत अप्रिलमा सेक्रेट सर्भिसका अधिकारीहरूले उनीबाट सात लाख डलरबराबरको बिटक्वाइन बरामद गरेको थियो। उक्त बिटक्वाइन किन बरामद गरिएको थियो भन्ने खुलाइएको छैन।

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६