ब्रेकिंग न्युज

वृद्ध र बालवालिकालाई घरमै बस्न स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौँ १८ साउन । सरकारले वृद्ध तथा बालबालिकाहरुलाई घरमै बस्न आग्रह गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयले ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १२ वर्षमुनीका बालबालिकाहरुलाई काठमाडौं जस्ता घना बस्ती भएका ठाउँहरु बाहिर ननिस्कन अनुरोध गरेको हो । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न निर्देशन दिएको छ । कोरोनाभाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन दिनु भएको हो । 

        प्रवक्ता गौतमले कोरोना संक्रमितको संख्या बढिरिहेपनि निको हुने दर पनि राम्रो भएको वताउनु भयो । उहाँले निको हुने दर ७२ प्रतिशत रहेको जानकारी दिएका छन् । कोरोना संक्रमण हुँदैमा नडराउन तर सावधानी अपनाउन उहाँले आग्रह गर्नु भयो । यसैबीच प्रदेश २ को वीरगन्ज र जनकपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले विज्ञ टोली त्यसतर्फ पठाएको छ ।

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६