पर्सा २० साउन । पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा रहेको प्रयोगशालाका अनुसार पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। डाक्टर, पत्रकार, नेपाली सेना, व्यापारी र थुनुवा गरी २८ जना पुरुष र ६ जना महिलामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो । योसहित पर्सामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ६ सय सात पुगेको छ भने अहिलेसम्म २ सय तीन जना कोरोनाको उपचारपछि निको भएर घर फर्किएका छन् । पर्सामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ ।
मंगलबार सङ्क्रमण पुष्टि भएकामा ब्यारेकका ३ जना नेपाली सेना, १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा १ जना, बयोधा अस्पताल र नेशनल मेडिकल कलेजका एकरएक जना डाक्टर रहेका छन्।पीसीआर परीक्षण गराएका पाँच जनामा समेत कोरोना सङ्क्रमण देखिएको छ । वीरगञ्जका विभिन्न वडाका ३६ देखि ४९ वर्षसम्मका १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।त्यस्तै पोखरिया नगरपालिकाका २ पुरुष र १ महिलामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यस्तै जिराभवानी गाउँपालिका सेढवाका २२ वर्षका १ जना युवामा पनि सङ्क्रमण देखिएको छ ।
त्यसैगरी बारा जिल्ला कलैयाका २९ वर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ४ का २८ वर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलंगवा वडा नम्बर ८ का ४८ वर्षका १ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ८ लाख ९८ हजार ९ सय ७ जनाको कोरोना परीक्षण गरिएकोमा २० हजार ७ सय ५० जनामा कोरोना पुष्टि भएको छ ।जसमध्ये १४ हजार ९ सय ६१ जना निको भएका छन् भने ५ हजार ७ सय ३२ जना आइसोलेशनमा छन् । १० हजार ४ सय ५२ जना क्वरेण्टीनमा छन् । ५७ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।








प्रतिक्रिया