सूचना र प्रविधि

गणतन्त्रकालागि काठमाडौ भन्दा महत्वपूर्ण रोल्पा : मन्त्री केसी



रोल्पा २१ साउन । प्रदेश ५का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले गणतन्त्रकालागि काठमाणडौ भन्दा महत्वपूर्ण रोल्पा भएको दावि गर्नु भएकोछ ।उहाले जनयुद्ध स्मृती राष्ट्रिय संग्रहालयमा निर्मित प्रवेशद्धारको  उद्घाटन गर्दै रोल्पाको त्रिवेणी गाउँपालिका ७ तीलामा यस्तो दावि गर्नु भएकोहो ।कार्यक्रममा वोल्दै मन्त्री केसीले संग्राहलय परिवर्तनकारी अभियानको प्रतिक भएको वताउनु भयो ।

        दश वर्ष लामो जनयुद्धमा माओवादी मात्र हैन सर्वसाधारण जनताहरुले समेत मौसमी अन्न, सेल्टर दिएर तथा चिठ्ठी पत्र आदान प्रदान गरेर सहयोग गरेको स्मरण गर्नु भयो  । पछिल्लो परिवर्तनमा लडेको जनमुक्ती सेना र त्यसलाई माया गरेर पाल्ने जनताको साझा तीर्थ स्थलको रुपमा संग्राहलय रहेको मन्त्री केसीको भनाई थियो । आफ्नो पार्टीमा देखिएको विवाद वारे वोल्दै मन्त्री केसीले वाहिर प्रचार गरिए जस्तो विवाद नभएको वताउनु भयो  । कोरोना पछि वेरोजगार रहेका मिडियाहरुलाई रोजगारी दिएका मात्रै हौ मन्त्री केसीले ुभन्नु भयो नया आधारमा नयाँ एकता कायम गर्दै विवाद अन्त्य हुने र पार्टी थप मजवुत हुने दावि गर्नु भयो । 

        कार्यक्रममा प्रदेश नं ५ का प्रदेश सभा सदस्य दीपेन्द्र पुनले जनयुद्ध संग्राहलयको रुपमा मात्रै विकास गर्दा सवै नसमेटिने भएकाले निरंकुश राजतन्त्र अन्त्यको आन्दोलनमा सहभागि सवैको साझा संग्राहलय वनाउनु पर्ने विचार व्यक्त गर्नु भयो । जनयुद्ध र जनआन्दोलनको साझा उपलव्धीको रुपमा राजतन्त्रको अन्त्य भएकाले यो आन्दोलनमा सहभागि सवैलाई अटाउने गरि संग्राहलयको विकास र विस्तार गर्न जरुरी छ पुनले भन्नु भयो ।

        प्रदेश सरकार र संघीय सरकारको रु ९० लाखको लागतमा प्रवेशद्धार, सभाहल र फुड ट्रेल तयार भएको डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत दधिलाल कँडेलले जानकारी दिनु भयो । उपभोक्ता समिति मार्फत ४० लाख र टेण्डर मार्फत ५० लाखको काम भएको छ कँडेलले भन्नु भयो  । चालु आर्थिक वर्षमा समेत डिपिआर तयारी तथा भ्यूटावर निर्माणका लागी वजेट विनियोजन भएको छ कडेलले भन्नु भयो । संग्राहलयका लागि राज्यवाट आर्थिक वर्ष २०७४र०७५ देखी नियमित रुपमा वजेट विनियोजन भईरहेको छ । 

        माओवादी र सरकार वीच भएको वृहत शान्ति संझौता पछि देशमा विभिन्न ७ मुख्य र २१ सहायक गरि देशका विभिन्न २८ स्थानमा शिविर खडा गरि माओवादी लडाकुहरुलाई राखिएको थियो । रोल्पाको दहवनमा मुख्य शिविर रहने गरि तत्कालिन माओवादी लडाकुको ५ नम्वर वटालियन सहायक शिविरको रुपमा तीलामा राखिएको थियो । सामुदायिक वनको ७ हेक्टर जमिन कव्जा गरि सो शिविर स्थापना गरिएको थियो । हालउक्त शिविर व्यवस्थापनका लागि सशस्त्र प्रहरी वलको एक टुकुडीले राखिएको छ ।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६