कपिलवस्तु, २१ साउन । कपिलवस्तुका बैंकका कर्मचारीमा कोरोना संक्रमण भएको पाईएको छ । समुदायमा कोरोना फैलिएको जाँच गर्ने क्रममा ५ बैंकका कर्मचारीमा कोरोना देखिएको छ । जिल्लाका सदरमुकाम तौलिहवा र कृष्णनगरका बैंकका कर्मचारीमा कोरोना देखिएको छ ।बुधवार कपिलवस्तु नगरपालिकामा ४ कोरोना संक्रमित थप भएका थिए । थप भएका सवै बैंकका कर्मचारी रहेका छन । सदरमुकाम तौलिहवामा रहेकोे लक्ष्मी वैंक, मेघा वैंक र तिनाउ मिसन डेभलपमेन्ट वैंकका कर्मचारीलाई कोरोना देखिएको छ । यसै गरी मंगलवार कृष्णनगरमा रहेको नेपाल वैंक र एभरेष्ट वैंकका कर्मचारीमा पनी कोरोना देखिएको थियो ।
२१ श्रावण २०७७, बुधबार
प्रतिक्रिया