स्वास्थ्य

कोराना अस्पताल संचालनको तयारीमा



कपिलवस्तु २४ साउन

कपिलवस्तुको शिवराज नगरपालिका कोरोना अस्पताल संचालनमा ल्याउने अन्तिम तयारीमा लागेको छ  । संक्रमित बिरामीहरुको उपचारका लागि बनाइएको आइसोलेशन अस्पताल निर्माण कार्य सम्पन्न भएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

नगरपालिकाको ६५ लाख लागत तथा १० प्रतिशत स्थानियहरुको श्रमदान गरी कुल ७२ लाख ३ हजारमा ३० शैयाको आइसोलेशन अस्पताल तयार भएको निर्माण समितिका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो । ५ वटा बेड अटाउने ६ वटा हल, १ वटा स्टोर रुम,१ स्टाफ रुम, १ विरामी चेकजाँच कक्ष, स्टाफका लागि १ वटा एटेच रुम, महिला पुरुषका लागि ६÷६ वटा शौचालय ,बाहिर हात धुने व्यवस्था सहितको अस्पताल तयार भएको पोखरेलले बताउनुभयो  ।

निर्माण समितिले अस्पताल निर्माण सम्पन्न गरेको यसै हप्तादेखि संचालनमा ल्याउने नगरप्रमुख अधिकारीले बताउनुभयो । “अस्पताल जाने बाटो बर्षाका कारण विग्रिएकोले बाटो निर्माण पछि, आइसोलेशन संचालन ल्याईने छ,अधिकारीले भन्नुभयो “अब अन्य आइसोलेशनमा रहेको संक्रमितहरुलाई यस अस्पतालमा ल्याइने छ, ।”

 अस्पताल निर्माण सम्पन्न भएको भए पनि अझै फरफार नभएको  प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । अस्पताल भवन निर्माण भैसकेको र अस्पतालका लागि आवश्यक अन्य उपकरण सामाग्री खरिद गरी ल्याउन केहि समय लाग्ने हुदाँ करिब १ साता पछि अस्पताल संचालनमा आउने पौडेलले बताउनुभयो ।

 पछिल्लो समय नगरपालिकामा समुदाय स्तरमा नै कोरोना संक्रमित समेत भेटिएकाले छिटो आइसोलेशन अस्पालत संचालनमा आउनुपर्ने स्थानियले सुझाव दिएका छन बताएका छन् ।गत जेठ ३ गते प्रदेश ५ सरकारका तर्फबाट कोरोना नियन्त्रण लागि आन्तरिक मामिला तथा कानून मन्त्रि कुल प्रसाद के.सी.को अध्यक्षतामा  जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्लाका विभिन्न स्थानिय तहमा कोरोना उपचारका लागी आइसोलेशन अस्पताल निर्माण र संचालन गर्ने गरेको निर्णयलाई कार्यान्वयन गरी अस्पतालन निर्माण गरेको हो । हाल नगरमा ३७ जना सुपादेउराली आइसोलेशनमा उपचाररत छन भने १७ जना राष्ट्रिय मा.वि.को क्वारेन्टाइनमा रहेको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित : २४ श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६