प्रदेश

नेपाली सेनाका १४ सहित २३ मा संक्रमण



प्यूठान, २६ साउन । प्यूठानमा आज सोमवार एकैदिन थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा १४ जना नेपाली सेनासहित २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।स्वास्थय कार्यालय प्यूठानका अनुसार कोरोना संक्रमित हुनेमा इन्द्रधवज गणको आन्तरिक क्वारेन्टीनमा बसेको १४ जना नेपाली सेना, भारतबाट आएका क्वारेन्टाइनमा स्वर्गद्वारी नगरपालिकाका ६ जना, मल्लरानी गाउँपालिकाका १ जना, जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १ जना र पहिचान नखुलेको १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

        संक्रमितमध्ये ३ जना महिला र २० जना पुरुष रहेका छन् । उनीहरुको उमेर १२ बर्षदेखि ४६ बर्षसम्म रहेको छ । योसगै प्यूठानमा ३६५ जनामा कोरोना संक्रमण भएको छ भने ३३७ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६