स्वास्थ्य

जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु



जनकपुरधाम २७ साउन। धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।डा. सिंहले  भने, ‘उहाँको १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको थियो । गएराति डेथ भयो ।’ उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा। सिंहले जानकारी दिए ।उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६