देउखुरी ३२ साउन । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा एक जना कोरोना सङ्क्रमित बिना प्रमाण आइपुगे । उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा पुगेका लमही नगरपालिका २ निवासी ४० बर्षिय महिलाको गंगालालमै स्वाव परीक्षणका क्रममा नतिजा पोजेटिभ देखिएपछि दाङ पठाइएको थियो ।
मुटुको उपचार गर्न काठमाण्डौ पुग्नुभएकी उक्त महिला काठमाण्डौमा सङ्क्रमित भएको हुनसक्ने लमही नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष नेपालु चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ हामीलाई थाहा नदिइ उहाँ(सङ्क्रमित व्यक्ति) बेलझुण्डीको कोरोना बिशेष अस्पतालमा जानु भएछ, उहाँसंग परिक्षण रिपोर्ट र रिफरको प्रमाण नभएपछि अस्पतालले भर्ना नगरी फिर्ता पठाएपछि मात्र थाहा भयो ।’
लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख कोरोना सङ्क्रमित महिलालाई राप्ती गाउँपालिकामा रहेको कोरोना बिशेष आइसोलेसन सेन्टर लालमटीयामा पठाइएको जानकारी दिनुभयो । कोरोना बिशेष आइसोलेसन सेन्टर लालमटीयामा पनि सङ्क्रमित महिलामा मुटुको समस्या रहेका कारण कोरोना विशेष अस्पताल बुटवलमा रिफर गरेको छ । कोरोना बिशेष आइसोलेसन सेन्टर लालमटीयाका प्रमुख डा.पुष्प भुसालले सङ्क्रमित महिलालाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले बुटवल रिफर गरिएको जानकारी दिनुभयो । श्रीमानसंगै काठमाण्डौ जानुभएकी सङ्क्रमित महिलाका श्रीमान्को स्वाव संकलन गर्नको लागि लालमटीयामा राखिएको छ ।
एम्बुलेन्समा काठमाण्डौबाट दाङ आएपनि एम्बुलेन्स चालकलाई समेत कुनै जानकारी नदिएको र एकै पटक अस्पतालमा ल्याएपछि मात्रै जानकारी दिइएको थियो । यस्तै बबई गाउँपालिकामा होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएका २३ बर्षिय एक जना पुरुषको कोरोना परीक्षण गर्दा पाजेटिभ देखिएको छ । होम क्वारेनटाइनमा बस्न आग्रह गरेपनि अटेर गरेर गाउँ डुल्ने,अटो चढेर स्वाब दिन पुगेका उक्त व्यत्तिको स्वाव संकलनका क्रममा पोजेटिभ भेटिएका बबई गाउँपालिकाका स्वास्थ्य शाखाका सम्पर्क व्यक्ति शरदराज गिरीले जानकारी दिनुभयो । यस्तै गिरीले सङ्क्रमित पुरुषको सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुको स्वाव संकलन गरि परीक्षणका लागि पठाइएको छ । सम्पर्कमा आएका सम्पूर्ण लाई गाउँपालिकाको क्वारेनटाइनमा राखिएको छ ।
प्रतिक्रिया