सूचना र प्रविधि

टिकटकले बिगार्‍यो नेपालको इन्टरनेट सेवा



१५ दिन अघिमात्रै यसअघि प्रयोगमा रहेको टिकटकले आफ्नो प्राटोकलमा पनि
परिवर्तन गरेको छ । एचटीटीपी प्रोटोकलबाट सिफ्ट हुँदै टिकटक अहिले
एचटीटीपीएसमा परिवर्तन भएको छ । सुरक्षाको हिसाबले कम्पनीले यो खालको
प्रोटोकल परिवर्तन गरेको हो । तर, यसको प्रत्यक्ष प्रभाव सेवाले खपत गर्ने
ब्याण्डविथमा परेको वर्ल्डलिंकका प्राविधिकको भनाई छ ।

भायनेटका प्राविधिक प्रमुख ओम थापाका अनुसार यो प्राटोकल लागु हुनु
अघिसम्म नेपालका इन्टरनेट सेवा प्रदायकले ट्रान्सप्यारेन्ट ट्राफिक क्यासिङ
सिस्टममार्फत टिकटकको क्यास राखिरहेको थिए । त्यसो हुँदा ४० जीबीपीएससम्म
क्यास जम्मा हुन्थ्यो ।

जसले ४० जीबीपीए अन्तर्राष्ट्रिय ट्राफिक बचत भइरहेको थियो । तर, उक्त
प्राटोकल परिवर्तन भएसँगै यहाँको क्यास सिस्टमले स्थानीय ट्राफिक पाइरहेको
छैन ।

‘प्राविधिक रुपमा पनि हामीले एचटीटीपी प्राटोकलको मात्रै क्यास राख्न
सक्छौं । एचटीटीपीएसको चाहिँ सम्भव छैन र कानूनी रुपमा पनि यसो गर्न
मिल्दैन् । टिकटकले नेपालमा अकामाईमार्फत एचटीटीपीएस ट्राफिक दिइरहेको थियो
। तर, अकामाईको एचटीटीपीएस सर्भर पनि लामो समयदेखी भरिएको अवस्था छ,’ थापा
भन्छन, ‘लकडाउनका कारण र अन्तर्राष्ट्रिय उडान नहुँदा त्यसमा अपडेट पनि
हुन सकेको छैन । जसले गर्दा टिकटकमा अहिले सोझै अन्तर्राष्ट्रिय ब्याण्डविथ
खपत भइरहेको छ ।’

अहिले पिक आवरमा टिकटकले ६० जीबीपीएस अन्तराष्ट्रिय ब्याण्डविथ खपत
गरिरहेको वर्ल्डलिङका प्रतिनिधिको भनाई छ । ‘जुन हाम्रो कुल
अन्तर्राष्ट्रिय ट्राफिकको २५ प्रतिशत हो,’ उनले भने ।

यसले गर्दा अन्तर्राष्ट्रिय ब्याण्डविथको क्षमतामा नै ठूलो असर परिरहेको
छ । यो परिवर्तनका लागि नेपालका इन्टरनेट सेवा प्रदायक तयार अवस्थामा
थिएनन् ।

यो विषयमा टिकटक र अकामाइले पनि सेवा प्रदायकलाई अग्रीम जानकारी नदिएको
बताइएको छ । त्यसैले सेवा प्रदायकले अहिले अन्य सेवमा कुनै किसिमको असर
नपरोस भनेर पिक आवरमा टिकटकमा रेट लिमिट अर्थात ब्याडविथ घटाउने कार्य
सुरुगरेको बताएका छन् ।

लकडाउनै सेवा प्रदायकलाई चुनौती बनेको अवस्थामा टिकटक अझ ठूलो चुनौती
बनेको सेवा प्रदायकहरुको भनाई छ । उनीहरुका अनुसार लकडाउन सुरु भएसँगै
इन्टरनेशनल ट्राफिक २०० जीबीपीएसबाट बढेर ३०० जीबीपीएस पुगेको छ । यसले
आर्थिक रुपमा ठूलो भार परेको छ ।

अर्कोतर्फ लकडाउनका कारण पैसा उठ्न नसकेको सेवाप्रदायकहरुको दुखेसो छ ।
जसले गर्दा पूर्वाधार विस्तार गर्न सक्ने अवस्था समेत नरहेको इन्टरनेट सेवा
प्रदायक कम्पनीका सञ्चालकहरु बताउँछन् । यही गतिमा टिकटकको प्रयोग बढ्दै
जाने हो र यसको व्यवस्थापन गर्न नसक्ने हो भने नेपालको इन्टरनेट गुणस्तरमा
भारी मात्रामा कमी आउने सेवा प्रदायकले बताएका छन् ।

टेकपाना डट कम बाट साभार गरीएको सामाग्री

प्रकाशित : २ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६