स्वास्थ्य

कोरोनाबाट मृत्यु भएका बृद्धको परिवारका ७ जनालाई पनि संक्रमण पुष्टि



काभ्रे २ भदौ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको परिवारका ७ जनालाई पनि संक्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो । काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनको पिसाब बन्द हुने समस्या भएपछि साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको थियो ।अस्पतालमा स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । ‘उहाँहरुको घरमा काम गर्ने एक जनाबाहेक अरुको रिपोर्ट पोजेटिभ आएको छ,’ काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाले भनेका छन् ।संक्रमितहरु अहिले होम आइसोलेसनमै छन् ।

प्रकाशित : २ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६