स्वास्थ्य

अछामबाट फर्किएका संघीय सांसद बोगटीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं, ३ भदौं । संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको छ । अछाम– २ बाट निर्वाचित बोगटीले आफू संक्रमित भएको जानकारी दिएका छन् । ललितपुर बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए ।

             त्यसको पहिलो रिपोर्ट साउन ३२ गते आएको थियो, त्यतिबेला रिपोर्ट नेगेटिभ आएको थियो, तर भदौ २ गते अर्को रिपोर्ट आउँदा पोजेटिभ आएको बोगटीले जानकारी दिए ।कोरोना भाइरस भएको पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । बोगटी साउन १७ गते अछामबाट फर्किएका थिए । उनका अनुसार साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकहरुमा गइरहेका थिए ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६