पोखरा ८ भदौ। गण्डकी प्रदेशका पाँच जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २\२ जना तथा म्याग्दी र स्याङ्जामा १\१ जनामा कोरोना पुष्टि भएको हो ।नवलपुरको विनयत्रिवेणी–१ मा ६ वर्षीया बालिका र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
तनहुँको ब्यास–५ र शुक्लागण्डकी–४ मा १\१ जनामा कोरोना पुष्टि भएको छ ।बाग्लुङ नगरपालिका–२ मा २० र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयलले जनाएको छ ।म्याग्दीको बेनीमा २० वर्षीय पुरुष र स्याङ्जाको पुतलीबजारमा ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि भएकाहरुको संख्या १ हजार ८ सय ८८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रतिक्रिया