बुटवल, भदौ ८ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलद्धारा संचालित कोरोना विशेष आईसोलेसन अस्पतालमा भेन्टिलेटरमा रहेकी एक संक्रमित महिलालाई प्लाज्माथेरापीवाट ज्यान बचाउन आफ्नै रगत दिएर एक दयालु डाक्टरले मानवसेवामा नयाँ आयाम थपेका छन् । कोरोना संक्रमित विरामीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नका लागि चिकित्सकले नै रगत दिएका ह्न् । उनी केही समय अघि कोरोनाको संक्रमणबाट मुक्त भएका हुन ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलद्धारा संचालित कोरोना विशेष आईसोलेसन अस्पतालमा भेन्टिलेटरमा रहेकी एक संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्नका लागि सोही अस्पतालमा कार्यरत चिकित्सकले नै रगत दिएका हुन ।लुम्विनी प्रादेशिक अस्पतालमै कार्यरत चिकित्सक बाट रगत लिएर बुटवलकी ७० बर्षिय बिरामीको उपचार शुरु गरिएको अस्पतालले जनाएको छ । हामीले पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी सूरु गरेका छौं अस्पतालका कोरोना फोकल पर्सन डा .सुदर्शन थापाले प्रेसपाटीसंगको कुराकानीमा भने। धागो कारखानास्थित आईसोलेसनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भईरहेकी कोरोना संक्रमित बिरामीको उनको यसअघि कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका चिकित्सककै प्लाज्माबाट उपचार शुरु गरिएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले प्लाज्मा थेरापी विधि सफल भए अरु विरामीहरुमा पनि उपचार शुरु गरिने जानकारी दिए ।कोरोनाको छुट्टै औषधी पत्ता नलाईसकेको अवस्थामा मृत्युलाई रोक्न सकिन्छ की भन्ने उद्देश्यले प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ सफल भए अन्यमा समेत प्रयोग गरिने छ डा. खनालले प्रष्टयाए । अस्पतालका अनुसार बुटवलको आईसोलेसन अस्पतालको सघन उपचार कक्षमा १७ जना संक्रमितहरुको उपचार भईरहेको छ । तिमध्ये दुईजना गम्भिर अवस्थाका भएकोले भेन्टिलेटरको सहायतामा उपचाररत छन ।
प्रतिक्रिया