ब्रेकिंग न्युज

१५ थपिएसंगै ५१२ सक्रिय संक्रमित,९० प्रतिशत होम आइसोलेशनमा



रुपन्देही १३ भदौ । शनिबार रुपन्देहीमा १५ जना नयाँ कोभिड–१९ संक्रमित थपिएसंगै ५१२ जना सक्रिय संक्रमित  पुगेकाछन् ।जिल्लामा कुल संक्रमितको संख्या ८ सय ८० पुगेको छ भने मृतकको संख्या ८ पुगेको छ।  रुपन्देहीमा ३६० जना निको भएर फर्किसकेका छन्, ५१२ जना सक्रिय संक्रमित उपचाररत छन्।त्यस मध्ये ९० प्रतिशत बढी होम आइसोलेशनमा रहेको वताइएको छ ।

       यता जिल्लाका विभिन्न ल्याबमा गरिएका परिक्षण अनुसार शनिवार सम्म रुपन्देहीका ५ पालिकाका १५ जनामा संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।शाहका अनुसार सिद्धार्थनगरमा ७ जना, बुटवल उपमहानगरपालिका ३ जना, तिलोत्तमा २, ओमसतियामा २ र रोहिणीमा १ जनामा संक्रमण देखिएको छ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पतालको ल्याब र र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार ७ महिला र ८ पुरुषमा संक्रमण देखिएको छ।

प्रकाशित : १३ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६