गण्डकी

पहिरोमा परि हराइरहेका २५ जनाको खोजी सुरु



बाग्लुङ १९ भदौँ ।  बाग्लुङमा बाढी र पहिरोमा परि हराइरहेका २५ जनाको आज पनि बिहानैदेखि खोजी भइरहेको छ ।  हिजो राति अबेरसम्म खोजी गरेको टोलीले आज पनि बिहानैदेखि खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय बाग्लुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । अहिले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा  नेपाली सेना, नेपाल प्रहरीलगायतको टोलीले खोजी गरिरहेको हो ।प्रभावित अहिले आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् । नेपाल रेडक्रस सोसाइटीलगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा राहत वितरण गरिरहेका छन् । यस्तै गृहमन्त्री रामबहादुर थापाको टोली आज फेरि प्रभावित क्षेत्रमा जाने भएको छ ।  टोली बिहान ११ बजेतिर जाने पन्तले बताउनुभयो ।हिजो मौसम खराब भएकाले हेलिकप्टर पोखराबाटै फर्किएको थियो । बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर १३ जनाको ज्यान गएको छ भने  ३१ घर पूर्ण क्षति भएका छन् 

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६