गण्डकी

अस्पतालका दुई महिलालाई यौन शोषण गरेको आरोपमा लेखा अधिकृत पक्राउ



पोखरा २३ भदौँ। अस्पतालका दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले बताए । अधिकृत सुवेदीलाई करणीसम्बन्धी कसुरमा मुद्दा परेपछि गिरफ्तार गरिएको प्रवक्ता हमालले बताए ।

                   लेखाअधिकृत सुवेदीले आफुलाई बारम्बार डर धम्की देखाई यौन शोषण गरेकाले कारबाही गरिपाउँ भनि अस्पतालकै एक महिला कर्मचारीले मजदूर युनियनमा निवेदन दिइएको बताइएको छ । ती पीडित कर्मचारीको उजुरी परेसँगै सुवेदीलाई अस्पताल प्रशासनले भादौ १ं९ गते निलम्बन गरेको थियो ।अस्पतालमा उजुरी दिएकी महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दिएकी थिइन् । ती पीडितसँगै अन्य एक महिलाले  पनि उनीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता हमालले बताए ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६