अर्थ-वाणिज्य

बुटवलको आइसियू सेवा बन्द ,जोखिम झन बढयो तर रुपन्देहीमा लकडाउन फितलो



बुटवल २४ भदौ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताको एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनआइसीयू सेवा बन्द गरिएको छ।अस्पतालले सूचना निकालेर एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको हो।


    यता  स्वास्थ्य मन्त्रालयले ५ सय भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा, २ सय भन्दा बढी सक्रिय संक्रमित भए सो जिल्ला लकडाउन गर्न निर्देशन दिएको थियो। तीब्र दबाबका बीच रुपन्देहीमा लकडाउन खुकुलो बनाइएको छ । संक्रमणदर र सक्रिय संक्रमितको तथ्यांक हेर्ने हो भने रुपन्देही उच्च जोखिममा छ । यस्तै रुपन्देहीमा मंगलबार १९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।

        जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जसमध्ये १५ जना पुरुष र ४ जना महिला छन्। मंगलवार थपिएकासँगै रुपन्देहीमा संक्रमितको संख्या १३४८ पुगेको छ । जसमध्ये ६७६ जना सक्रिय संक्रमित हुन । ६५८ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मन्त्रालयको मापदण्डविपरीत लकडाउनको स्वरुप परिवर्तन गरेर स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न खुला ग¥यो ।

    सोही अनुसार गर्ने प्रतिबद्धता जनाएका व्यवसायीहरुले अनुगमन गरेर कडाईका साथ मापदण्डमा ल्याउने प्रतिबद्धता कार्यान्वयन भएको छैन । लकडाउन खुकुलो भएसँगै प्रशासनले गरेको आदेशमा जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने भने पनि निर्बाध रुपमा मोटरसाइकल, कार, इरिक्सा चलिरहेका छन । 

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६