अन्तर्राष्ट्रिय

कोरोना विरुद्धको खोप केही हप्ताभित्रै वितरणका लागी तयार हुने ट्रम्पको दाबी



काठमाण्डौ १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ताभित्रै आमरूपमा कोरोना विरुद्धको खोप तयार हुने दाबी गर्नुभएको छ ।तर सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले भने सन् २०२१ को मध्यसम्ममा मात्रै आम नागरिकमा खोप उपलब्ध हुनसक्ने बताउनुभएको छ । कोरोना भाइरसविरुद्धको खोप सुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने रेडफिल्डको भनाई छ ।खोप उपलब्ध भए पनि त्यो समयमा सिमित मात्रामा मात्रै आपूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो । कोरोना भाइरस विरुद्वको खोप बजारमा आउने बारे फरक फरक धारणा सार्वजनिक भएका छन् । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने गल्तीले अथवा द्विविधामा परेर सीडीसीका निर्देशकले त्यसो भनेको हुनसक्ने दाबी गर्नुभएको छ ।डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले भने चुनावी फाइदाका लागि ट्रम्पले खोपको विषयलाई प्रयोग गरिरहेको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ ।

प्रकाशित : १ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६