गण्डकी

विभिन्न मुद्दामा फरार मध्ये एकैदिन ४८ जना पक्राउ



स्याङ्जा ५ असोज। स्याङ्जामा विभिन्न मुद्दामा फरार रहेकामध्ये एकैदिन ४८ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा विभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो एकैदिन उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, अंशवण्डा, सम्बन्धविच्छेद, कुटपिट लगायतका विभिन्न मुद्दा लागेपछि फरार भएका उनीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो ।

      पक्राउ पर्नेहरुमा हाडनाता करणी मुद्दामा २ वर्ष कैद तोकिएपछि २३ वर्षदेखि फरार रहेका हरिनास गाउँपालिका ५ का ६४ वर्षका कर्णबहादुर भट्ट क्षेत्री, सवारी ज्यान मुद्दामा २ वर्ष कैद तोकिएपछि विगत १५ वर्षदेखि फरार रहेका चापाकोट नगरपालिका ४ का भक्त सुनारी मगर, डाँका चोरी मुद्दामा ६ वर्ष कैद तोकिएर विगत १० वर्षदेखि फरार रहेका हरिनास १ का ६२ वर्षका लालबहादुर नाम्जालीलगायत रहेका अधिकारीले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत एक महिनामा ८३ जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्ता अधिकारीले बताउनुभयो । केहीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६