लुम्बिनी

लुम्बिनी प्रदेश : कोरोना विशेष अस्पतालमा बिरामीको नि शुल्क उपचारको व्यवस्था यथावत्



 लुम्बिनी  ४ कार्तिक । लुम्बिनी प्रदेशका  कोरोना विशेष अस्पतालमा  बिरामीको नि:शुल्क उपचारको व्यवस्था यथावत् रहेको  छ ।संघीय सरकारले कोरोना परीक्षण र उपचारको शुल्क बिरामीले नै तिर्नुपर्ने निर्णय गरेपनि लुम्बिनी प्रदेशमा भने  नि:शुल्क उपचारको व्यवस्था यथावत् रहेको  मुख्यमन्त्री शंकर पोख्रेलले बताउनुभयो ।  प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण भएका बिरामीको लागि नि:शुल्क उपचारको व्यवस्था भएको मुख्यमन्त्री पोख्रेलले  फेसबुकमार्फत जानकारी दिनुभएको छ ।परीक्षण उपचारको लागि पनि शुल्क लिने संघीय सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६