गण्डकी

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो , ११ जना घाइते



म्याग्दी १४ कार्तिक । म्याग्दीमा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।रघुगंगा गाउँपालिका ६ को ठाडाखानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी–जोमसोम सडकखण्डको गलेश्वर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जीप दुर्घटनामा परेर ज्यान गुमाउनेमा अन्नपूर्ण गाउँपालिका २ को भूरुङ–तातोपानीकी १० वर्षीया बालिका रिया विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका रघुगंगा ६ को पाखापानीका ३० वर्षीय चालक नन्दलाल छन्त्याल, आठ वर्षीया दीक्षा शेरपुजा र बेनी नगरपालिका ८ को बेनीका ४२ वर्षीय दलप्रसाद गौचनलाई थप उपचारका लागि पोखरा रेफर गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । 

त्यस्तै अन्नपूर्ण २ को भूरुङ–तातोपानीकी टकमाया विक, रघुगंगा ६ को पाखापानीका ३० वर्षीय वसन्त छन्त्याल, ५० वर्षीया अप्सरा पाईजा, २० वर्षीया सिर्जना शेरपुजा, ४० वर्षीया ठककुमारी शेरपुजा, १४ वर्षीया दिवा शेरपुजा, माया छन्त्याल र सात वर्षीया इच्छा शेरपुजा घाइते भएको प्रहरी निरीक्षक (इन्सपेक्टर) डाक्टरप्रसाद चौधरीले बताउनुभयो । घाइतेहरुको अहिले बेनी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाइतेहरुको हातखुट्टा, मेरुदण्डलगायत शरीरको विभिन्न भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।  

प्रकाशित : १४ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६