कपिलवस्तु १५ असोज ।कोरोना भाईरस कारण आफ्नो दैनिक रोजीरोटी गुमाएका बिपन्न ज्यालादारी श्रमिक घरपरिवारका लागि स्थानिय तहले राहत प्याकेजका कार्यक्रमहरु ल्याउनुपर्नेमा एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । कोभिड १९ को कारण स्थानिय सरकार नागरिक र शुसानमा पारेको प्रभावका बिच गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
ईन्द्रेणी ग्रामिण बिकास केन्द्र नेपाल र एफएचआई ३६० को सहकार्यमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफिदेहिता परियोजनाले कार्यक्रमको आयोजना गरेको थियो । गैर सरकारी संस्था महासंघका अध्यक्ष प्रबिन श्रीवास्तवले कोरोना भाईरस नियन्त्रणमा कपिलवस्तुका स्थानिय तहहरुले अझ ठोस योजनाहरु लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाले महामारी कारण रोजगारी गुमाए र बिदेशबाट फर्कि स्वादेशमै केही गर्ने चाहनेहरुका लागि पालिकाले समयमै रोजगार केन्द्रित कार्यक्रम ल्याई र कार्यन्वयन गरिहाल्नुपर्ने बताउनुभएको छ । यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भूषालले कोरोना महामारीका असर मिडिया क्षेत्रमा धेरै परेको हुनाले मिडियालाई जोगाई राख्न पनि केही पहल सम्बन्धित निकायले गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नागरिक समाजका संस्थाहरुका प्रतिनिधिहरुले चाडबाड नजिकिँदै गर्दा खाद्यान्नको मूल्य आकासिएकाले यसलाई सहज बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन।अन्तक्रियाका कार्यक्रममा स्थानिय पालिकाले गरेका प्रयासहरुका बिषयमा छलफल हुनुका साथै कोरोनाले उत्पन्न गराएका समस्या ,चुनाती र अबसरहरुका बिषयमा प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा ईन्द्रेणी ग्रामिण बिकास केन्द्रका अध्यक्ष बिष्णु पौडेलको अध्यक्षता , ईन्द्रेणी ग्रामिण बिकास केन्द्रका नेपालका कार्यकारी निर्देशक प्रदिप शाहको आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन क्याम्पेन अधिकृत मनोजराज पन्थीले गर्नुभएको थियो








प्रतिक्रिया